रोजगारी बढाउन काठमाडौं महानगरले अघि बढाउँदैछ १० गौरवका योजना

रोजगारी बढाउन काठमाडौं महानगरले अघि बढाउँदैछ १० गौरवका योजना


काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तीन वर्षको कार्यकालसम्म पूरा गर्ने प्रतिबद्धताका साथ १० वटा गौरवका योजनाहरु अघि सारेको बताएकी छन् । 

महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमको उद्घाटनका अवसरमा मंगलबार उपप्रमुख डंगोलले यी योजना रोजगारी बढाउने रहेको बताइन‍् । उनका अनुसार यी योजनाका लागि १० करोडको बजेट विनियोजन गरिएको छ । 

उनले भनिन्, ‘हाम्रो बाँकी तीन वर्षको कार्यकालसम्म हामीले पूरा गर्ने प्रतिबद्धताका साथ १० वटा गौरवका योजनाहरु अघि सारेका छौं । ती योजनाहरुले पनि तीन वर्षमा एउटा ठोस परिणाम दिने छ भन्ने हामीले अपेक्षा गरेका छाैं । यस पटकको बजेटमा भने यो कार्यक्रमलाई अघि सार्नका लागि १० करोड विनियोजन गरेका छौं ।’ 

उनले गौरवको योजनाहरु रोजगारीसँग नै जोडिएको भन्दै ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ भन्ने नाराको साथमा कार्यक्रमलाई अगाडि बढाएको बताइन् । बजेट विनियोजनसँगै कम्तिमा महानगरबासी र निश्चित क्षेत्रका एक हजार जनालाई रोजगारी दिन सक्ने क्षमता राख्नुपर्छ भन्ने लक्ष्य लिएको पनि उनको भनाइ छ । 

उनले भनिन्, ‘बजेट विनियोजनसँगै हामीले एउटा लक्ष्य पनि लिएका छौं, कम्तिमा पनि हामीले हजार जनालाई महानगरबासीलाई र निश्चित क्षेत्रका मानिसलाई रोजगारी दिन सक्ने क्षमता राख्नु पर्छ भनेर लक्ष्य लिएका छौं । सोही क्रममा हामीले विविध क्षेत्रहरुमा रोजगारीका कामहरु अघि बढाउदै छौं ।’ 

उनले आजको कार्यक्रमको लक्ष्य पनि कम्तिमा ४ हजार जनाले तालिम र रोजगारीको अवसर पाउनुपर्ने रहेको बताइन् । 

Logo