आईपीओ ल्याउन झापा इनर्जीले बोलायो साधारणसभा

आईपीओ ल्याउन झापा इनर्जीले बोलायो साधारणसभा


झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। छापाको विर्तामोड नगरपालिका वडा न. ४ मा अवस्थित इजर्नी लिमिटेडले माघ २३ गते आईपीओ निष्काशनको मुख्य प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको हो। 

यस्ता छन् सभामा पेस हुने प्रस्तावहरु-

सामान्य प्रस्तावहरु
–अध्यक्षको मन्तव्य तथा पाचौँ बार्षिक साधारण सभाका लागि संचालक समितीको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।
–लेखापरीक्षकद्वारा प्रस्तुत आ.व. २०७९–८० को लेखापरीक्षण प्रतिवेदन सहितको आय व्यय विवरण र वासलात माथि छलफल गरि पारित गर्ने ।
–आगामि आ.व २०८०–८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।
–संचालक समितीको आ.व २०७९–८० मा गरेका निर्णयहरु अनुमोदन गर्ने ।
– कम्पनीको नियमावलीको नियम २७ बमोजिम संस्थापक समुहबाट ७ जना संचालकको निर्वाचन चयन गर्ने

विशेष प्रस्तावहरू
–कम्पनिको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा ।
–आयोजना प्रभावित स्थानियवासी र सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन जारि गर्ने सम्बन्धमा ।
–प्राथमिक शेयर निष्काशनको काम कारवाहीका लागि सम्पूर्ण अख्तियारी संचालक समितीलाई प्रदान गर्ने सम्बन्धमा

Logo