‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ’ : प्रचण्ड

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ’ : प्रचण्ड


काठमाडौं ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँन लागेको बताएका छन् ।

नेपालको संविधानको दोस्रो संशोधन हुने दिन आज संघिय संसदमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले बसिरहेको प्रतिनिधि सभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधनको विधेयकमा मतदान हुँदैछ । सरकारले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर जेठ ७ मा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।

नयाँ नक्सा जारी भएसँगै नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निसान छाप परिमार्जन गर्न संविधान संशोधन गर्न लागिएको हो ।

Logo