नेपाललाई विश्व बैंकको ४५ करोड डलर सहयोग

नेपाललाई विश्व बैंकको ४५ करोड डलर सहयोग


काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट थलिएको नेपाली अर्थतन्त्रलाई उकास्न विश्व बैंकले ४५ करोड अमेरिकी डलर सहयोग गरेको छ ।

विश्व बैंकले कोरोनाका कारण उत्पन्न आर्थिक संकटलाई चलायमान बनाउन र सडक संजाल विस्तारका लागि सो सहयोग गरेको हो । विश्व बैंकले बिहीबार नेपालमा क्रस बोर्डर व्यापारलाई चलायमान बनाउन, पर्याप्त रोजगारीको सिर्जना गर्न र सडक स्तरोन्नती गर्न सो सहयोग स्विकृत गरेको हो ।

त्यसैगरी, सो सहयोग अन्तरदेशिय सडक कनेक्टीभिटीलाई चुस्त दुरुस्त बनाउन नागढुंगा, नौबिसे सडकखण्ड र कमला ढल्केबर, पथलैया सडकखण्डलाई प्राथमिकतामा राखेर काम अगाडी बढाउन सो सहयोग गरेको विश्व बैंकले जनाएको छ । यी २ सडकखण्डले नेपाललाई अन्तरदेशिय सडक संजालसँग जोड्दै कृषि उत्पादनको निर्यातमा सहयोग पुग्नेछ ।

Logo