कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्नेको संख्या ५० हजार नजिक

कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्नेको संख्या ५० हजार नजिक


  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारको स्वास्थ्य मन्त्रालयले बुधबार जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाईरसबाट स्वास्थ्य लाभ गर्नेहरुको संख्या ५० हजार नजिक पुगेको जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घन्टाको विवरण सार्वजनिक गर्दै १, ८४४ जनाले स्वास्थ्य लाभ गरेको जनाएको छ । यो सँगै स्वास्थ्य लाभ गर्नेको कुल संख्या ४९ हजार ४१३ पुगेको छ । भाइरसबाट थप ४ जनाको मृत्यु भएको जनाएको छ । आज मृत्यु हुनेहरु ५४, ५६ र ७४ वर्षीय रहेका छन् । यो सँगै कतारमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९२९ जनामा गरिएको परीक्षणमा नयाँ १,७१६ जनामा भाइरस सङ्क्रमण देखिएको छ । कुल सङ्क्रमितको सङ्ख्या ७३ हजार ५९५ पुगेको छ भने २४ हजार ११६ जनाको उपचार चलिरहेको छ ।

१,४२० जनालाई डाक्टरहरूको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ भने १६१ जनालाई अस्पताल भर्ना गरिएको छ । थप १५ जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या २२६ रहेको छ । कुल २ लाख ६९ हजार ९६४ जनामा कोरोनाको परिक्षण गरिएको मन्त्रालयले बताएको छ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न समेत सकिनेछ ।

Logo