कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्नेको सङ्ख्या उच्च

कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्नेको सङ्ख्या उच्च


  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारमा कोरोनाको प्रकोपको चरम बिन्दुबाट ओरालो लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दै मन्त्रालयले विश्वमा नै ठूलो सङ्क्रमण पैदा गरेको भाइरस बिरुद्द कतारमा रहेका नागरिकहरूको सावधानीका कारण प्रकोप कम हुँदै गएको र प्रतिबन्धित क्षेत्रहरूलाई बिस्तारै खोल्न लागिएको जनाएको छ । आज थप १,७२१ जनामा सङ्क्रमण देखिएसँगै कतारमा कोरोनाबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ७१ हजार ८७९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३८९ जनामा परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनाले स्वास्थ्य लाभ गरेसँगै कुल स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ४७ हजार ५६९ पुगेको छ । ५ जना ५३, ६५, ७४, ७८ र ८० वर्षीय नागरिक सहित कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ६२ पुगेको छ । २४ हजार २४८ जनाको क्वारेनटाइनमा उपचार चलिरहेको छ ।

सङ्क्रमितहरू केही स्थानीय नागरिकसहित फरक फरक समुदायका आप्रवासी कामदारहरू रहेका छन् । कतारमा आजसम्म कुल २ लाख ६५ हजार ०३५ जनामा कोरोनाको परीक्षण गरिएको छ । ती मध्ये १ हजार ४७० जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिएको छ भने १५३ जनालाई अस्पताल भर्ना गरिएको छ । थप १६ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २३६ पुगेको छ ।

स्वास्थ्यमा कुनै समस्या भएमा टोल फ्री नम्बर १६००० मा कल गर्न समेत अनुरोध गरिएको छ । कोरोनाको प्रारम्भिक लक्षण देखिएमा मैदर, अल रवादत, उमसलाल अलि र गराफामा रहेका हेल्थ सेन्टरमा गएर परीक्षण गर्न अनुरोध गरेको छ । ४ लाख भन्दा बढी नेपाली कार्यरत रहेको कतारमा ४ जना नेपालीको पनि कोरोनाको कारण ज्यान गएको छ ।

Logo