#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व78197937606579620164753
नेपाल5041

घोषणापत्र बिनै भोट माग्दै गठबन्धनका उमेदवारहरु

काठमाडौें, ८, कात्तिक
पार्टीले घोषणापत्र बनाउन ढिलाइ गरेपछि प्रमुख दलका उम्मेदवार घोषणापत्र बिनै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनको प्रचारमा जुटेका छन् । १० मंसिरमा पहिलो चरणको निर्वाचन हुन लागेका हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका ३७ निर्वाचनक्षेत्रमा उम्मेदवारहरूले प्रचारलाई तीव्र बनाएका छन् । उनीहरूचुनावी घोषणपत्र विना नै निर्वाचनमा जनता समक्ष मत माग्न पुगेका छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले चुनावी घोषणापत्रको तयारी गरिरहेका छन् । उनीहरूले गठबन्धन बनेपछि सबै राजनीतिक दलको सहमतिमा घोषणापत्र सार्वजनिक गर्ने बताउँदै आएका थिए । कांग्रेसले मंगलबार साँझ आफ्नो तर्फबाट घोषणापत्रलाई अन्तिम रूप दिए पनि उम्मेदवार सम्म पुग्न कम्तीमा पनि एक साता लाग्न सक्छ । लोकतान्त्रिक गठबन्धनको एउटै घोषणापत्र बनाउने बताउँदै आएका दलहरूले चुनावी गठबन्धन भए पनि आ–आफ्नो पार्टीका छुट्टाछुट्टै घोषणापत्र तयार पारेर जाने सहमति गरिएको कांग्रेस नेता महेश आचार्यले जानकारी दिए ।
राजधानीबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार