पाँचखाल, पनौती र रोशीमा पनि देखियो संक्रमण, आज काभ्रेका पाँच जनामा कोरोना पुष्टि

पाँचखाल, पनौती र रोशीमा पनि देखियो संक्रमण, आज काभ्रेका पाँच जनामा कोरोना पुष्टि


काभ्रे ,
काभ्रे जिल्लाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो । काभ्रेको रोशी गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३ जना पुरुष र २ महिला छन् । जस मध्ये एक महिला केही दिन अघि भारतबाट आएकी थिइन् भने संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्तथैलीको शल्यक्रिया गर्न आएकी थिइन् । संक्रमित सबैको धुलिखेल अस्पतालमा परिक्षण गरिएको थियो ।

यस्तै रामेछापका १७ जनामा पनि कोरोना पुष्टि भएको छ । देशभर आज सम्म २९१२ जनामा कोरोना संक्रमण भएको छ । ३३३ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । हाल सम्म संक्रमित जिल्ला ६८ पुगेको छ ।

Logo