काभ्रेको कुन्तावेसिमा निशुल्क स्वास्थ्य शिविर संचालन

काभ्रे, १२, कात्तिक
मण्डन सामाजिक उत्थान समाज काभ्रेको आयोजना तथा बुद्ध माई सर्जरी सेन्टर टेकुको सहयोगमा शनिवार कुन्तावेसिमा स्वास्थ्य शिवीर संचालन गरियो । शिविरमा ४९० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा स्त्रीरोग, बाल रोग, छालारोग, हाडजोर्नी , रगत परिक्षण लगायतका सेवाहरु उपलब्ध गराइएको थियो । मण्डनदेउपुर नगरपालिका ७ , कुन्तावेसि स्थित, ज्योति मेडिकल हलमा भएको उक्त शिविरमा उल्लेख्य सहभागिता रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार