‘बजेट क्यान्सरको उपचार झारफुक जस्तो’ : पूर्वप्रधानमन्त्री भट्टराई

‘बजेट क्यान्सरको उपचार झारफुक जस्तो’ : पूर्वप्रधानमन्त्री भट्टराई


काठमाडौं ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेट पुरानै निरन्तरता भएको बताएका छन्।

बजेट पछि प्रतिक्रिया दिँदै उनले अहिलेको अवस्थामा केही फरक आउनु पर्ने भए पनि त्यसो नभएको बताए । सिद्धान्ततः बजेट ठिकै भए पनि व्यवहारमा त्यस्तो नदेखिएको उनको भनाइ थियो । उनले स्वास्थ्य, रोजगारीमा, कृषि र शिक्षामा प्राथमिकता दिने कुरा ठिकै भए पनि बजेट कति छुट्याइएको छ, भन्दै प्रश्न गरे ।

न्यून बजेटलाई विशेष क्षेत्रमा फोकस गरेर ल्याउनु पर्ने भए पनि त्यस्तो नपाइएको भट्टराईले बताए । कृषिमा गरिएको लगानीले कति रोजगारी सिर्जना गर्ला ? कोरोनामा विनियोजन गरेको रकमले समाधान देला ? उनले प्रश्न गरे । बजेट कनिका छरे जस्तै भएको उनले बताए । नचाहिने कुरामा पनि बजेट छरिएको उनको भनाइ थियो । उनले बजेट क्यान्सरको उपचार झारफुक जस्तो भएको प्रतिक्रिया दिए । नागरिकबाट

Logo