फेरियो संघीय संसदको लोगो

फेरियो संघीय संसदको लोगो


काठमाडौं । संघीय संसद अन्तर्गतकाे प्रतिनिधि सभा र राष्ट्रिय सभाको लोगो फेरिएको छ । मंगलबारको बैठककाे निर्णय अनुसार संघीय संसदको लोगो फेरिएको हो । संसदको नयाँ लोगोमा अद्यावधिक नेपालको नक्सा समावेश गरिएको छ ।

लामो समयदेखि भारतीय पक्षको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको भू–भागलाई समावेश गरी नयाँ नक्सा जारी गर्ने प्रस्ताव गत जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको थियो । सोही प्रस्ताव अनुसार गत जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले एक कार्यक्रमकोे आयोजना गर्दै नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् । नयाँ नक्सामा ३ सय ३५ वर्ग किलोमिटर भू–भाग समावेश गरिएको थियो ।

संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले संघीय संसदको लोगो र सांसदहरूले लगाउने लोगोमा अध्यावधिक नक्सा समावेश गर्ने निर्णय गरेकाे थियाे ।

 

Logo