कोरोना अपडेटः नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५८४ पुग्यो

कोरोना अपडेटः नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५८४ पुग्यो


काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ८४ पुगेको छ । शनिबार थप ३६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ८४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार दिउँसो थप तीन जनामा सुर्खेतमा कोरोना पुष्टि भएको छ । देशभर पीसीआर परीक्षण ४५ हजार ९ सय ५७ गरिएको छ भने आरडीटी परीक्षण ८६ हजार २ सय ३५ परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर ३ हजार ४ सय ९४ परीक्षण गरिएको छ भने ४ हजार १ सय १९ आरडीटी परीक्षण गरिएको छ । देशभर क्वारेन्टाइनमा रहनेको संख्या ३२ हजार ५ सय ८७ रहेको छ भने आइसोलेसनमा रहेकाको संख्या ५ सय ८ रहेको छ । देशभर डिस्चार्ज भएकाको संख्या अहिलेसम्म ७० जना रहेका छन् ।

शनिबार माथै थप ३६ जना नयाँ संक्रमित थपिएका छन् । देशभर कूल संक्रमितको संख्या ५ सय ८४ रहेको छ । जसमध्ये पुरुष ५ सय ५ र महिला ७८ जना रहेका छन् । अहिलेसम्म नेपालमा कोरोना भाइरसका कारण तीन जनाले ज्यान गुमाइ सकेका छन् ।

Logo