थपिए ९ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ५१६

थपिए ९ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ५१६


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अघि आजै ५० जना नयाँ संक्रमित देखिएका थिए ।

पछिल्लो पटक देखिएका संक्रमितहरु मकवानपुर, भक्तपुर, बारा र सप्तरीका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

हाल सम्म ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

Logo