इस्लामावाद ।
पाकिस्तानको कराँचीस्थित एक आवासीय क्षेत्रमा ९८ यात्रु बोकेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।
दुर्घटनामा पर्नु भन्दा केहीबेर अघि अन्तिम अवस्थामा पाइलटले प्लेनमा प्राविधिक खराबी देखिएको र इञ्जिनमा खराबी आएको उनले बताएका थिए । सो विमान कराँचीमा ल्याण्ड हुने समयमा दुर्घटना भएको थियो ।
सो विमानमा ९० जना यात्रु र ८ जना चालकदलका सदस्य रहेका पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
विमान दुर्घटना आवासिय क्षेत्रमा भएको र घरको छतमा ठोकिएको थियो । इदको कारण विशेष उडान गरिएको थियो । हाल उद्धार भइरहेको छ । विमान लाहोरबाट कराँची जाँदै थियो । दुर्घटनाका कारण केहि घरमा आगलागी भएको छ । दुर्घटनाबाट के कति क्षति भयो भन्ने जानकारी आउन बाँकी रहेको छ ।
यसैबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अनुसन्धानको लागि आदेश दिंदै राहत र उद्धारका लागि अपिल गरेका छन् । विमान दुर्घटनाप्रति दुःखी हुँदै उनले मृत्तकका परिवारमा समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया