विहानैदेखि राजधानी लगायत देशभर मेघ गर्जनसहित वर्षा

विहानैदेखि राजधानी लगायत देशभर मेघ गर्जनसहित वर्षा


काठमाडौं ।

आज विहानैबाट राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिण बंगालको खाडीको मध्य भागमा चलिरहेको शक्तिशाली चक्रवातका कारण नेपालमा पनि यसको प्रभाव परेको हो ।

महाशाखाका अनुसार आज दिउसो पनि देशका अधिकांश भागहरुमा आंशिक बदली पानी पर्नेछ ।

राती देशको पूर्वी भागहरुमा सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने बताइको छ । यस चक्रवातको प्रभाव आगामी ३ दिन सम्म रहने विभागले जनाएको छ ।

Logo