‘मुख्यमन्त्री मागेर पाइने पद होइन’- शेरधन राई, मुख्यमन्त्री प्रदेश नं १ (भिडियोसहित)

‘मुख्यमन्त्री मागेर पाइने पद होइन’- शेरधन राई, मुख्यमन्त्री प्रदेश नं १ (भिडियोसहित)


काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री एवं ओली निकट नेकपाका नेता शेरधन राईले मुख्यमन्त्री मागेर पाइने पद नभएको बताएका छन् । उनले केन्द्रबिन्दु टेलिभिजनसँग अन्तवार्ता दिँदै सो कुरा बताएका हुन् । मुख्यमन्त्रीको पद कसैले मागेर केपी ओलीले दिन मिल्ने पद नभएको भन्दै दलको विधान अनुसार योग्यताका आधारमा निर्वाचित भएर आउनु पर्ने उनको भनाइ छ ।

नेकपाको पछिल्लो विवादको सेरोफेरोमा रहेर केन्द्रबिन्दुका विदुर खतिवडाले मुख्यमन्त्री राईसँग कुराकानी गरेका छन् । सोही कुराकानीको पूरा अंश

नेकपाको राजनीतिक सरगर्मीले कोभिड–१९ महामारीलाई नै ओझेलमा पार्ने माहोल गर्माएको छ यसमा तपाईंको धारणा के छ ?
वास्तवमा यो कोरोना भाइरसको विरुद्धमा सिंगो मुलुक संघर्षमा होमिएको बेला जुन प्रकारको नेकपाभित्र एउटा स्थिति सतहमा देखाप¥यो यो आफैमा दुर्भाग्यपूर्ण छ । यसले सम्पूर्ण नेपाली जनताहरुलाई नेकपासँग सम्बन्धित नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकहरुलाई असाध्यै चिन्तित तुल्याएको अवस्था छ ।

यस्तो प्रकारको जे कुराहरु सतहमा आयो ती बेमौसमका कुराहरु थिए । ती सबै कुराहरु तुक बिनाका थिए । किन भने प्रसंग अध्यादेशको थियो । नेपाल सरकारले दुई वटा अध्यादेशहरु ल्यायो । अध्यादेश ल्याउने भनेको सरकारका निम्ति सामान्य कुरा हो । ती अध्यादेशहरुको विरोध भयो । पार्टीभित्र विवाद भयो । यद्यपी ती अध्यादेशहरु प्रधानमन्त्री ज्यूले सबै शीर्ष नेताहरुसँग पर्याप्त छलफल गरेर के आवश्यकता ? कुन औचित्यको कारण भनेर पर्याप्त परामर्श गर्दै ल्याउनु भयो ।

तर, त्यो ल्याउने बित्तिकै स्वयम् उहाँहरुबाट पनि विरोध भयो । त्यसप्रकार ती अध्यादेशहरु सरकारले फिर्ता ग¥यो । त्यो सकियो तर, त्यही बाहानामा जे प्रकारका कुराहरु बाहिर आए सरकार परिवर्तन गर्ने कुरा, अध्यक्ष फेर्ने कुराहरु असाध्यै असान्दर्भिक, वेतुकको कुरा थियो । त्यो बेमौसमी खेतीको कुरा थियो ।

शुरुमा अध्यादेशलाई बेमौसमी भनियो, प्रधानमन्त्रीले लालमेहर ल्याउनु भयो राष्ट्रपतिले उसैबेला लगाइदिनु भयो ? त्यसपछि यो लफडा शुरु भएको हो ?
किन बेमौसमी खेती भनियो भने फुल्ने, फल्ने अवस्था देखिएन । कुनै फल प्राप्त हुने संकेत देखिएन । त्यही प्रकारले सचिवालय बैठकमा नेकपाले समिक्षा, मुल्याङ्कन र छलफल गरियो । त्यो च्याप्टर नै बन्द भइसक्यो । अहिलेको सन्दर्भमा नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउनु भनेको दुर्घटनामा पर्नु हो । केपी शर्मा आली भनेको तत्कालीन नेकपाको महाधिवेशनबाट निर्वाचित अध्यक्ष हो । त्यति मात्र नभई नेकपा एकिकरणको मुल नायक हो उहाँ ।

कोरोना महामारीबाट नेपाललाई कसरी बचाउँन सकिन्छ भनेर एकताबद्ध भएर अगाडि बढ्ने बेलामा नेकपाकाे यस्तो विवाद सही छ ?
अध्यादेश आयो सकियो । अब यो कुरामा अल्झेर बस्नु पर्ने कुनै कारण छैन । केही कमी कमजोरी भएको महशुस गरेरै सचिवालयमा सबैले समिक्षा गरिसक्नु भयो ।

सरकार एकल रुपमा चल्न खोज्यो ? सरसल्लाह नगरी अध्यादेशहरु ल्याइयो जुन आवश्यक नै थिएन । यी नै कारणहरुले प्रधानमन्त्री अयोग्य भए अब आफ्नो पद छोड्नुपर्छ भनिएको छ नि ?
अध्यादेश ल्याउदै गर्दा पनि उहाँले शीर्ष नेताहरुसँग पर्याप्त छलफल गर्नु भएको थियाे । यसमा राजनीतिक खेल भएको हो । नेकपाले सम्पूर्ण गतिविधि, मुल्याङ्कन र समिक्षाहरु गरिसकेको छ । सरकारले काम गरेको निष्कर्ष केन्द्रीय बैठकले निकालेको छ । ती उपलब्धिहरुलाई घर–घरमा लिएर जाने संकल्प र अठोट सहितको अभियान घोषणा गरिएको छ । अनि एका एक यो सरकार असफल छ । केही गर्न सक्दैन प्रधानमन्त्री अयोग्य भयो भन्ने कुरा मेल खान्छ ?

प्रधानमन्त्री आफैले वामदेव गौतमको नाम किन ल्याउनु भयो त ?
यसमा पनि एकदमै राम्रो लजिक देखिन्छ । किन भने छोड्नै पर्दाखेरी नयाँ व्यक्तिमा किन नजाने उहाँ आफै दुई पटक प्रधानमन्त्री भइसक्नु भयो । पुष्पकमल दाहाल पनि दुई पटक भइसक्नु भयो, झलनाथ खनाल र माधवकुमार नेपाल पनि बनिसक्नु भयो भने पछि नयाँमा वामदेव किन प्रधानमन्त्री नबन्ने भनेर उहाँले सायद भन्नु भयो होला ।

जनताले सरकारबाट जुन प्रकारको अपेक्षा गरिरहेका थिए । तर त्यो प्रकारको परिणाम आएन भन्ने ठूलो जन गुनासो छ नि ?
सरकारले गर्न नसकेको यो अथवा नगरेको केही काम भनेर कसैले भनेको छ ? त्यो कसैले पनि भन्न सक्दैन । नेकपाको केन्द्रीय बैठक पाँच दिन लामो बसेको छ । छलफल, समिक्षा, मुल्याङ्कन र सरकारले गरेका काम र उपलब्धिहरको लामो फेहरिष्त तयार भएको छ । यो सरकारले गर्न नहुने कामे ग¥यो भन्ने सक्ने अवस्था छैन ।

देशी विदेशी तत्वहरुको सक्रियता के छ ? सरकार ढाल्ने र फेलियर बनाउने कुराहरुलाई कसरी बुझ्नु भएको छ ?
त्यो गौण पक्ष हो । मुल भनेको आन्तरिक पक्ष नै हो । बाहिरी पक्षहरुको चाहाना होला भित्रैको पनि धेरैको चाहाना होला केपी ओलीलाई पछि पार्न पाए, असफल तुल्याउन पाए । यो सरकारलाई ढाल्न पाए । यस्तो खालको आकांक्षा कामनाहरु त होला नि ।

अन्तर्राष्ट्रिय एजेन्सीहरुले नेपालमा चलखेल गर्ने अभ्यास नै छ । त्यस्तो खालको सम्भावनालाई तपाई स्वीकार्नु हुन्छ कि हुन्न ?
त्यस्तो चाहाना राख्नेहरुको सक्रियता पनि होला म छैन भन्न सक्दिन । मुख्य कुरा भनेको हाम्रा नेताहरुले नेपालको भूमिमा उभिएर सोच्नुपर्छ कि पर्दैन । हिजो यो मुलुकको के हालत रह्यो के कारणले र आज बल्ल पहिलो पटक यो मुलुकमा एउटा बलियो र स्थिर सरकार बनेको अवस्था छ ।

जनताको हातमा सम्पूर्ण अधिकार सुम्पेको छ । त्यही अधिकारको प्रयोग गरी मुलुकलाई सफल बनाउने हो । त्यस्ता शक्ति केन्द्रहरुको योजना र आडमा कोही नेताहरु प्रभावित भएर त्यस्तो बाटोमा लाग्छन् भने त्यो भन्दा ठूलो दुर्भाग्य के हुनसक्छ ? स्वयंम र मुलुकको लागि ।

प्रधानमन्त्रीले नछोड्ने तर, प्रदेश सरकारहरुलाई राजीनामा गराउने भन्ने छ । जसमा पद धराप १ नम्बर प्रदेशको पनि सुनिएको छ नि ?
यो कुरा पनि गज्जबको छ । मिडियाहरु तिर सुनिरहेका हेरिरहेका छौँ । यसबाट केही मानिसमा सन्तुष्टि मिलिरहेको होला । तर, यर्थाथमा सोचेर अलि कति कुरा गर्दा राम्रो हो । यो मुख्यमन्त्रीको पद यो माग्न मिल्ने, दिन मिल्ने, बाड्न मिल्नेमा पर्छ कि पर्दैन । यस तर्फ अलिकति लागेर सोच्ने हो भने जिज्ञासाको उत्तर आफै आइहाल्छ । किन भने यो मुख्यमन्त्रीको पद बाँडफाड गर्न मिल्ने माग्न मिल्ने, दिन मिल्नेभित्र पर्दैन । संविधान हेर्दा भइहाल्यो । चुन्ने प्रक्रिया हेर्दा भइहाल्छ ।

पूर्व माओवादीले र नेकपा एमालेले लिए । नेकपा एमालेमा माधव पक्ष अन्यायमा परेको र त्यसै सन्तुलनलाई मिलाउन भए पनि माधव नेपाल पक्षलाई मुख्यमन्त्री दिने भनाई छ नि ?
त्यति बेला त्यो बुद्धि नेताहरुमा किन आएन ? यो प्रसंगमा माधवकुमारको दोष छैन । उहाँले मलाई मुख्यमन्त्री पद चाहियो भनेर माग्नु भएको पक्कै पनि छैन । उहाँलाई राम्ररी थाहा छ । यो मैले मागेर केपी ओलीले दिन मिल्ने पद होइन भनेर । तर, यो बाड्न मिल्थ्यो भने हामी निर्वाचित भएर प्रदेशमा आयौँ । दलको विधान अनुसार योग्यताका साथ हामी माथिबाट चुनिएर आएका हौँ ।

तपाईको मुख्यमन्त्री पद धरापमा परेको छ कि छैन ?
दुई वटा कुरा प्रष्टका साथ भन्न चाहान्छु । यो पद कसैले माग्न, दिन, भागवण्डा गर्न मिल्नेमा पर्दैन । तर, केही मूल्यमा हामी पद छोड्न तयार छौँ । पार्टी एकताको कष्ट, नेकपालाई दुर्घटनामा जान नदिने कष्टमा त्यो भनेको अध्यक्षबाट केपी ओलीलाई अपदस्थ गर्नहुन्न भन्ने कष्टमा त्यसपछि सरकार अहिले दुर्घटनामा प¥यो भने मुलुक दुर्घटनामा पर्छ ।

यी मूल्यमा यदि माग्न मिल्ने र दिन मिल्ने हो भने चाहिँ मुलुक बचाउनका निम्ति नेपाल कम्युष्ट पार्टीलाई दुर्घटनाबाट बचाउनका निम्ति समग्र देश र जनताको हितको निम्ति र पार्टी एकताको मूल्यको निम्ति हामी मुख्यमन्त्री जुनसुकै बेला छोड्न तयार छौँ । हामी समाएर बसि रहदैनौँ ।

Logo