मंसिर महिनामा मात्रै ७९ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रियो

मंसिर महिनामा मात्रै ७९ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रियो


काठमाडौं ।

चालु आर्थिक वर्ष २०७७/७८ को मंसिर महिनामा मात्र नेपालमा ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको सार्वजनिक तथ्याङ्कले यस्तो देखाएको छ । उक्त तथ्याङ्कमा राष्ट्र बैंकले गरेको ५ महिनाको वर्तमान आर्थिक स्थिति अनुसार ५ महिनासम्ममा ४ खर्ब १६ अर्ब रुपैयाँको रेमिट्यान्स आएको जनाएको छ ।

तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि नै बैदेशिक रोजगारीबाट नेपालमा भित्रिने रेमिट्यान्स बृद्धि भइरहेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्षको ५ महिनामा १०.९ प्रतिशतले रेमिट्यान्स बृद्धि भएको हो । रेमिट्यान्स बढेपनि बैदेशिक रोजगारीमा जानेको संख्या भने कोभिडका कारण घटेको देखाएको छ ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ५९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।

Logo