भारतमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, मृतकको संख्या ७१४

भारतमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, मृतकको संख्या ७१४


काठमाडौं ।
भारतमा ‘कोरोना संक्रमितको संख्या २३ हजार नाघेको शुक्रबार जनाइएको छ । गएको २४ घन्टा यता भारतमा एक हजार ६४८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

तथ्यांक अनुसार भारतमा संक्रमितहरूको संख्या २३ हजार ७७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३७ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७१४ पुगेको छ ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये ४ हजार ७४९ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार हाल यहाँ १७ हजार ६१० कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
रासस/एएनआई

Logo