नेपालमा आज मात्रै कोरोना संक्रमितको संख्या ११, कूल संख्या ४२ पुग्यो

नेपालमा आज मात्रै कोरोना संक्रमितको संख्या ११, कूल संख्या ४२ पुग्यो


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकै दिन संक्रमितको संख्या ११ जना भेटिएका छन् । योसँगै हाल सम्म ४२ जना पुगेका हुन् ।

मन्त्रालयका अनुसार हाल पुष्टि भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष, ३६ बर्षीय महिला र अर्की उमेर नखुलेको महिला गरी जम्मा ११ जना रहेका छन् ।

उदयपुरका आज एकैदिन ११ जना नयाँ संक्रमित भेटिएसँगै देशभर कोरोना संक्रमितको संख्या ४२ पुगेको र ५ जना भने  निको भएका छन् ।

Logo