इलाका प्रहरी कार्यालय बनेपाको समन्वयमा अलपत्र २५० यात्रुलाई गन्तव्यमा पुर्याइयो (फोटोफिचर)

इलाका प्रहरी कार्यालय बनेपाको समन्वयमा अलपत्र २५० यात्रुलाई गन्तव्यमा पुर्याइयो (फोटोफिचर)


काभ्रे ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाको समन्वयमा काठमाडौंबाट घर हिंडेका मजदुरहरुलाई यात्रुबसमा गन्तव्यमा पुर्याइएको छ । काठमाडौंबाट विपी राजमार्ग र अरनिको राजमार्ग हुँदै घर हिंडेका पैदल यात्री मजदुरलाई गणेश हिमाल प्रा.लि.काअध्यक्ष आत्माराम थापाले बस ब्यबस्था गरि गन्तव्यमा पुर्याएका हुन् ।

लकडाउनको २५ दिनसम्म पैदल यात्रुको कमी नभएपछि प्रहरी निरिक्षक तिमल्सिनाले बस व्यवसायीहरूसँग समन्वय गरी अरनिको राजमार्गतर्फ दोलालघाट र विपी राजमार्ग अन्तर्गत सिन्धुली बर्दिबाससम्म पुर्याउने व्यवस्था गरेका हुन् । बिपी राजमार्ग र अरनिको राजमार्ग हुँदै पैदल हिडिरहेका यात्रुलाई बनेपामा जम्मा गरी लगभग साढे दुई सय जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बनेपाको बसपार्कमा जम्मा गरि खाना , खाजा दिएर बेलुका उनीहरुलाई गन्तव्यमा पु¥याइएको हो । बनेपामा जम्मा भएका पैदल यात्रीहरूलाई नेपाल तरुण दल बनेपाका अध्यक्ष सुधिर बैद्यले बाटोका लागि खाजा र खानाको व्यवस्था गरेका थिए । त्यसरी नै दिउसोको खाजा नेपाल विद्यार्थी संघ काभ्रेका अध्यक्ष नृपेश वादेले व्यवस्था गरेका थिए ।

 

 

Logo