आयशा र सन्तोषीलाई स्पेसल अवार्ड

आयशा र सन्तोषीलाई स्पेसल अवार्ड


काठमाडौं ।

तेक्वान्दोकी आयशा शाक्य र धाविका सन्तोषी श्रेष्ठले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको स्पेसल अवार्ड प्राप्त गरेका छन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा आयशा र सन्तोषीले स्पेसल अवार्ड प्राप्त गरेका हुन् । आयशा र सन्तोषीले १३ औं सागमा स्वर्ण जितेका थिए ।

उनीहरुको सफलता :
आयशा शाक्य (तेक्वान्दो)
– १३औं सागमा दुई स्वर्ण
– आठौं बृहत राष्ट्रिय खेलकुदमा कांस्य
सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
– १३औं सागमा १० हजार मिटर दौडमा स्वर्ण पदक
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र कांस्य ( ५ हजार, १५ सय र १० हजार मिटरमा)
– वीर गणेशमान सिंह १० किमि रोड रेसमा स्वर्ण
– नेवाः च्यारिटी धरान १० किमी रनमा स्वर्ण
– कान्तिपुर हाफ म्याराथन (२१ किमी) मा रजत

Logo