चलचित्रकर्मीको सहयोगदेखि आयरल्याण्डका प्रधानमन्त्री कोरोना उपचारमा खटिनेसम्म (भिडियोसहित)

चलचित्रकर्मीको सहयोगदेखि आयरल्याण्डका प्रधानमन्त्री कोरोना उपचारमा खटिनेसम्म (भिडियोसहित)


काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्येसरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको हो । कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले लकडाउनको अवधि थप गरेको हो ।

त्यस्तै विश्वभर महामारीको रुपमा फैलिएको (कोभिड–१९) कोे नियन्त्रणका लागि नेपाली चलचित्रकर्मीले सहयोग गर्न थालेका छन् । कोरोना संक्रमणसँग लड्न कलाकारहरुमध्ये सबैभन्दा धेरै आर्थिक सहयोग पल शाहले गरेका छन् ।

विश्वभर कोरोना भाइरसको आतंक फैलिइ रहेको समयमा अन्धविश्वामा परेर विभिन्न गतिविधि गर्न थालिएसँगै संस्कृतविद्हरुले ती गतिविधि रोकी जनचेतना जगाउने काममा लाग्न आग्रह गरेका छन् । छिमेकी मुलुक भारतसहितका केही मुलुकले थाल ठटाउने, बत्ती बाल्ने, मशाल जुलुश निकाल्नेदेखि प्राथना गर्ने र पूजापाठ गरी कोरोना भाइरसको संक्रमण नहुने भन्दै गतिविधि गर्न थालेपछि संस्कृतविद्हरुले त्यस्तो आग्रह गरेका हुन् । आइतबार भारतभर बत्ती बालिएको थियो ।

त्यस्तैगरी सरकारले कोरोना भाइरसको सूचना र क्वारेन्टाइनको निगरानी गर्न एप्सको विकास गरेको छ । यसलाई गृहमन्त्रालयले ‘कोभिड–१९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाइन अनुगमन प्रणाली’ नाम दिएको छ ।

आयरल्याण्डका प्रधानमन्त्री डा. लियो वराडकर कोरोना संक्रमित बिरामीको उपचारका लागि फिल्डमा खटिने भएका छन् । कोरोना भाइरसविरुद्धको लडाईंमा स्वाथ्यकर्मीलाई हौसला प्रदान गर्न उनले हप्तामा एक दिन अस्पताल गएर काम गर्ने भएका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभुल्नुहोला

Logo