कोरोनालाई जितेर घर फर्किन् गायिका कनिका कपूर

कोरोनालाई जितेर घर फर्किन् गायिका कनिका कपूर


कोरोना संक्रमित वलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

दुई साताको लामो उपचारपछि उनलाई उत्तर प्रदेशको लखनउस्थित एसजीपीजीआई अस्पताले सोमबार बिहान डिस्चार्ज गरेको हो । तर अस्पतालले उनलाई १४ दिनसम्म घरमै क्वारेटाइनमा बस्न सल्लाह दिएको छ ।

मार्च १५ मा लन्डन बाट फर्किएकी कनिकामा लखनउकै किङ जर्ज मेडिकल कलेजले कोरोना संक्रमण भएको पुष्टि गरेपछि उनलाई मार्च २० मा अस्पतालमा भर्ना गरिएको थियो ।

सोमबार लगातार दोस्रोपटक पनि रिपोर्ट नेगेटिभ देखिएपछि कनिकालाई अस्पतालले डिस्चार्ज गरेको भारतीय संचारमाध्यामले जनाएको छ ।

Logo