लकडाउनमा पनि घरघरमा तरकारी पुर्‍याउँदै भक्तपूरका किसानहरु (भिडियोसहित)

लकडाउनमा पनि घरघरमा तरकारी पुर्‍याउँदै भक्तपूरका किसानहरु (भिडियोसहित)


काठमाडौं ।

किसानको बारीमा तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति आएपछि भक्तपुरका युवाहरु उपभोक्ताको घर घरमा तरकारी पुर्याउने काममा जुटेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर लकडाउनको घोषणा गरेपछि कृषि उत्पादनले बजार नपाउने तथा उपभोक्ताले खान नपाउने स्थिति भएपछि युवाहरु किसानको बारीबाट सिधै उपभोक्ताको घरमा तरकारी पुर्याउने काममा जुटेका हुन् ।

भक्तपुरका अगुवा कृषकहरु यतिबेला किसानको बारीमा गएर तरकारी संकलन गर्ने र उपभोक्ताको घर घरमा पुर्याउने काममा व्यस्त बनेका छन् । उनीहरुलाई प्रत्येक दिन बिहान किसानको खेतमा गई तरकारी संकलन गर्ने, संकलित तरकारीलाई प्याकेजिङ गर्ने र उपभोक्ताको घर घरमा पुर्याउने काम भ्याईनभ्याई छ । आफूहरुले टोल टोल पुगेर विक्रि गर्ने तरकारी बजार मूल्य भन्दा ३० प्रतिशतसम्म सस्तो पर्ने दाबी पनि उनीहरुको छ । तरकारी प्याकेजिङ गर्दै गरेका किसान प्रचण्ड प्रधान कालिमाटीको तरकारी बजारको मूल्यलाई आधार बनाई हरेक दिन कृषकबाट तरकारी किनेर ढुवानी र ज्याला खर्च थप गरि सिधै उपभोक्ताको घरमा पुर्याउने गरेको बताउँछन् ।

खेर जाने हरियो तरकारीमा २५ देखि ३० र खेर नजाने आलु प्याज जस्तो तरकारीमा १० देखि १२ प्रतिशत मार्जिन राखेर यी युवाले उपभोक्ताको हातसम्म तरकारी पुर्याउने गरेका छन् । अहिले चाँगुनारायण र सूर्य विनायक नगरपालिका तथा वडाका पदाधिकारीसँग समन्वय गरेर तरकारी टोलटोलमा पुर्याउने गरिएको पनि उनले बताए । लकडाउनको निर्णयसँगै किसानको तरकारी बारीमा नै कुहिने, उपभोक्ताले खान नपाउने विषय परिस्थिति उत्पन्न भएपछि किसानको बारीबाट सिधै उपभोक्ता समक्ष पुर्याउने अवधारणा विकास भएको अर्का अगुवा कृषक कुलबहादुर नेमाफुकीले बताए । हेरौं यो भिडियोमा :

 

 

Logo