मेडिकल सामग्री खरिदमा विवाद देखिएसँगै सम्झौता रद्ध

मेडिकल सामग्री खरिदमा विवाद देखिएसँगै सम्झौता रद्ध


काठमाडौं ।
सरकारले कोरोना भाइरस रोकथामको लागि चीनबाट खरिद गर्न लागेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध गरेको छ । सबै तिरबाट विवाद आउँन थालेसँगै सरकारले खरिद गर्न लागेको कम्पनी ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार यो समूहले पहिलो पटक ल्याउने सम्झौता अनुसार सामान ल्याउन नसकेकाले र भोलि दोस्रो पटक पनि ल्याउन नसक्ने भएकाले रद्ध गरिएको हो । ओम्नी समूहले सामान ल्याउने समय तोक्न नसक्दा रद्द गर्नु परेको श्रेष्ठको भनाइ छ ।

सरकारले कोरोना भाइरस नियन्त्रणको लागि नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने बताइएको छ।

Logo