ग्याँस वितरणमा घुम्ती शिविर सुरुदेखि भक्तपूरमा प्रहरीमाथि चक्कु प्रहारसम्म (भिडियोसहित)

ग्याँस वितरणमा घुम्ती शिविर सुरुदेखि भक्तपूरमा प्रहरीमाथि चक्कु प्रहारसम्म (भिडियोसहित)


काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौं । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौं । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ।

आजका प्रमुख समाचारहरु मध्ये भक्तपुरको सूर्यविनायक चोकमा मंगलबार बिहान प्रहरीमाथि चक्कु प्रहार भएको छ । लकडाउनको समयमा घरबाहिर ननिस्कन आग्रह गर्दै हिडेका प्रहरीमाथि चक्कु प्रहार भएको हो ।

यता नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण सुरु गरेको छ ।

उता लण्डनस्थित नेपाली दूतावासले युवा विद्यार्थीहरूको समस्या बुझ्न नेपाली समुदायको समेत साथ लिएर तिनीहरुलाई सहयोग गर्न एउटा समिति गठन गरेको छ ।

यस्तै कोरोनाबाट बढी संक्रमित भएको देशबाट आएका मानिस क्वारेन्टाइनमा नबसी निस्फिक्री हिँडिरहँदा नेपालमा संक्रमण फैलने डर बढेको छ ।

यसैगरि चीनको वुहानबाट फैलिएको कोभिड १९ भाइरस अहिले युरोप केन्द्रित छ । तर युरोपकै एउटा राष्ट्र बेलारुसमा भने अधिकारीहरूले दैनिक जीवनमा फेरबदल ल्याउने कुनै कडा कदमहरू चालेको छैन । थप समाचार हेरौं यो भिडियोमा :

Logo