मनकारी अर्का घरधनी जसले दुई महिनाको घरभाडा छुट दिए

मनकारी अर्का घरधनी जसले दुई महिनाको घरभाडा छुट दिए


भक्तपुर,
भक्तपुरका चन्द्रकुमार राईले दुई महिनाको घरभाडा छुट गर्ने घोषणा गरेका छन्।

कोरोना भाइरसको संक्रमण फैलने त्रास बढिरहेका बेला खोटाङ पुर्खौली घर भएका राईले चैत र बैसाख महिनाको घर भाडा छुट दिने घोषणा गरेका हुन्।

कोरोनाको सन्त्रासले विश्व नै आतंकित भइरहेको बेला ‘एक मानवले अर्का मानवलाई सहयोग गर्नु’ मानवीय दायित्व भएको भन्दै राईले आफ्नो घरको कोठा भाडामा लिएर बस्ने व्यक्तिलाई दुई महिनाको भाडा मिनाहा गरिदिएको बताएका हुन्।

समाजसेवाका क्षेत्रमा सक्रिय राई किरात राई यायोक्खा भक्तपुरका उपाध्यक्ष समेत हुन्। यसअघि पनि कलंकीका एक जना घर धनिले यसरी नै ३ महिनाको घरभाडा नलिने बताइसकेका छन् भने विभिन्न क्षेत्रका मनकारी घरधनीहरुले पनि यस अभियानको सुरु गरेका छन् ।

 

मनकारी घरधनी जसले तीन महिनाको भाडा नलिने घोषणा गरे

 

Logo