विपद् ब्यवस्थापन समितिलाई काभ्रे रियलस्टेटको सहयोग

विपद् ब्यवस्थापन समितिलाई काभ्रे रियलस्टेटको सहयोग


काभ्रे ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरी त्यसको कार्यान्वयन र रोकथामका लागि क्वारेन्टाइन र आइसोलेसन स्थापना गरेर अगाडी बढिरहेको बेला जिल्ला विपद् ब्यवस्थान समितिलाई काभ्रे रियलस्टेटले खाद्यन्न सामग्री हस्तान्तरण गरेको छ ।

काभ्रे रियलस्टेटका अध्यक्ष सन्देश लामा र प्रबन्ध निर्देशक शोभा लामाले काभ्रेपलाञ्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंलाई खाद्य सामग्री हस्तान्तरण गरिएको हो । सो क्रममा १७ बोरा चामल, १ बोरा नुन, २ बाक्सा तेल, १ बोरा आलु र २ बोरा मस्यौरा धुलिखेलस्थित नेपाली सेनाका विष्णु दल गणका कर्णेल सुवास खड्काको उपस्थितिमा हस्तान्तरण गरेको हो । सो सामग्री बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईले प्राप्त सामग्री क्वारेन्टाइनमा बसेकाहरुलाई वितरण गर्ने बताइन् ।

काभ्रे रियलस्टेटका अध्यक्ष सन्देश लामाले सिंगो मुलुक संकटमा परेको बेला आफ्नो तर्फबाट केही गरौं भन्ने उद्देश्यले उक्त सहयोग गरेको बताए । घर जग्गा कारोबार गर्ने रियलस्टेटले आज नै बनेपाको सिनागालमा बसिरहेका सुकुम्बासीहरलाई खाद्यान्न सामग्री (१३ बोरा चामल लगायत नुन, तेल र तरकारी) वितरण गरिएको छ । सो क्रममा ति समुहमा रहेका दूई जना सुत्केरीलाई नगद पाँच हजार र एक हजार पाँच सय समेत प्रदान गरेको थियो ।

त्यस्तै बनेपाको चारदोबाटोमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाको रोहबरमा चाउचाउ र पानीको समेत ब्यवस्था गरेको अध्यक्ष सन्देश लामाले बताए ।

Logo