लकडाउन अवज्ञा गर्नेलाई कानुन अनुसार कारवाही गर्न आयोगको आग्रह

लकडाउन अवज्ञा गर्नेलाई कानुन अनुसार कारवाही गर्न आयोगको आग्रह


काठमाडौं ।
राष्ट्रिय मानव अधिकार आयोगले नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउन अवज्ञा गर्नेलाई कानुनअनुसार कारवाही गर्न आग्रह गरेको छ । आयोगले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो ।

आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ–‘कोभिड–१९ को संक्रमण एक अर्कामा नफैलियोस् भनी सरकारले गरेको लकडाउनको सवै नागरिकहरुले पूर्ण पालना गरी घरभित्रै रहन तथा त्यसको अवज्ञा नगर्न अयोगले आमनागरिकलाई आह्वान गर्दछ । साथै, त्यस्तो आदेशको अवज्ञा गरी घरबाहिर निस्कनेहरुलाई मानवोचित व्यवहारका साथ कानुन वमोजिम कारवाही गर्न आयोग आग्रह गर्दछ ।’

त्यस्तै आयोगले लकडाउनको समयमा अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिक महिला अति विपन्न नागरिकका लागि आवस्यक दैनिक उपभोग्य वस्तु तथा सामाग्रीको अभाव हुन नदिन तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, कर्मचारी र तिनका परिवारको सुरक्षा सुनिश्चि गर्न समेत सरकारसँग आग्रह गरेको छ ।

 

Logo