बेलायती राजकुमार चाल्सलाई कोरोना भाइरस

बेलायती राजकुमार चाल्सलाई कोरोना भाइरस


 

७१ बर्षे बेलायतका राजकुमार चाल्स्लाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । बीबीसीका अनुसार उनलाई कोरोना पोजेटिभ भएपनि स्वास्थ्य स्थिती भने राम्रो रहेको छ । यतिवेला उनी स्कटल्यान्डस्थित एक दरवारमा बसिरहेका छन् ।

चाल्स्लाई कोरोना पोजेटिभ देखिएपनि उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वललाई भने उक्त भाइरस देखिएन । केही दिनयता युवराज चाल्स् सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका थिए ।

युवराज चाल्स् नेपालसँग धेरैअघि देखि भावनात्मकरुपमा नजिक रहेका छन् । धनकुटा भेडेटारमा उनी सधैं स्मरणिय हुनेगरी एउटा अग्लो स्थानको नाम ‘चाल्स् प्वाईन्ट’ राखिएको छ ।
बीबीसीको सहयोगमा

Logo