नेपालगञ्जबाट क्वारेन्टाइन तोडफोड गरी फरार ११ जना जाजरकोटमा फेला

नेपालगञ्जबाट क्वारेन्टाइन तोडफोड गरी फरार ११ जना जाजरकोटमा फेला


नेपालगञ्ज ।

नेपालगञ्ज बहुमुखी क्याम्पसबाट सोमबार क्वारेन्टाइन तोडफोड गरी भागेकामध्ये ११ जना जाजरकोटमा पुगेको पाइएको छ ।

जिल्लाको भेरी नगरपालिका–११ मा ११ जना बेलुकी राति पुगेको नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए ।

नगर प्रमुख घर्तीका अनुसार भागेर आउनेमा भेरी–११ का मदे लोहार, माया लोहार, केशरे लोहार, कुमारो लोहार, लीले खड्का, परवीर महतारा लगायत छन् ।

उनीहरु क्याम्पसबाट तोडफोड गरी फरार भएका थिए । भेरी नगरपालिकाबाहेक शिवालय जुनिचाँदेमा समेत उनीहरुमध्ये कृहि प्रवेश गरेको आशङ्का गरिएको छ । जानकारीमा आएका ११ जनालाई स्थानीय प्रशासन र नगरपालिकाको पहलमा क्वारेन्टाइनमा राख्नका लागि चाँजोपाँजो भएको छ ।

Logo