फ्रान्सद्वारा कोरोना भाइरस सहायतास्वरुप ४५ अर्ब युरो घोषणा

फ्रान्सद्वारा कोरोना भाइरस सहायतास्वरुप ४५ अर्ब युरो घोषणा


पेरिस ।
फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले मंगलबार कोरोना भाइरसको कारण व्यापारमा भएको घाटाको सहायतास्वरुप ४५ अर्ब युरो सहायता प्याकेज घोषणा गरेका छन् ।

मन्त्री माइरेले कोरोना भाइरस संक्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्नको लागि उक्त प्याकेजको घोषणा गरेका हुन् ।

यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल घरेलु उत्पादन (जीडीपी) मा गरिएको करिब एक प्रतिशतको गिरावटको पूर्वानुमानका लागि र कर्मचारीलाई तलबस्वरुप रकम खर्च गरिने माइरेले बताएका छन् ।–रासस/एएफपी

Logo