गभर्नर डा.नेपाल बैंकर्ससँगको भेटमा व्यस्त

गभर्नर डा.नेपाल बैंकर्ससँगको भेटमा व्यस्त


काठमाडौं ।
आफ्नो कार्यकाल सकिन २ दिन मात्र बाँकी रहँदा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीबि नेपाल भेटघाटमा व्यस्त छन् । उनले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुसँग भेटघाट गरेका हुन् ।

पाँच वर्षे कार्यकाल सकिन दुई दिन मात्रै बाँकी रहँदा गभर्नर नेपालले बैंकर्सलाई भेटेका छन् । बैंकर्ससँगको भेटमा गभर्नर नेपालले मर्जर प्रक्रियामा सघाएको भन्दै धन्यवाद दिएका थिए । ‘यति लामो समय सहयोग गर्नु भो, अब छुट्टिने बेलामा बिदा त माग्नु पर्‍यो नि ।’ गभर्नर नेपालले भने । राष्ट्र बैंकका महत्वपूर्ण काम बाँकी नै भएकाले गभर्नर नेपालले गरिरहेका छन् ।

गभर्नर नेपालले आर्थिक वर्ष २०७२/७३ मा मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी वृद्धि गरेका थिए । वाणिज्य बैंकहरुले दुई वर्षको अन्तरालमा २ अर्ब रुपैँयाँबाट ८ पुर्‍याउनु परेको भन्दै चर्काे आलोचना भएको थियो । गभर्नर नेपालले कयौँ पटक क्याबिनेटमा यस सम्बन्धमा जवाफ पनि दिनु परेको थियो । अन्ततः पूँजी वृद्धि गर्नुलाई सबैले सकारात्मक भएको स्वीकार गरे । त्यसका साथै गभर्नर नेपाल डिजिटल पेमेन्टदेखि मुलुकका हरेक कुना काप्चामा वित्तीय पहुँच पुर्‍याउन सफल भएका छन् ।

Logo