असिनाले चुटेर बालकको निधन

असिनाले चुटेर बालकको निधन


सन्धिखर्क ।
अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा १० वर्षीय बालकको असिनापानीले चुटेर निधन भएको छ । शितगङ्गा नगरपालिका–१२ रजियाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर निधन भएको हो ।

उनको असिनापानीले चुटेर निधन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । सुस्त मनस्थितिका नेपाली शनिबार दिउँसो रजियाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका हुन् ।– रासस

Logo