केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । "/>

बालबालिकामा कोरोनाको संक्रमण न्यूनदेखि पशुलाई सुत्केरी भत्तासम्म (भिडियो बुलेटिन)

बालबालिकामा कोरोनाको संक्रमण न्यूनदेखि पशुलाई सुत्केरी भत्तासम्म (भिडियो बुलेटिन)


केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

प्रमुख खाद्यान्नका लागि मात्रै एक खर्ब २३ अर्ब रुपैयाँ बाहिरिएको तथ्यांक सार्वजनिक भएको छ । यस सम्बन्धी रिपोर्ट आजको बुलेटिनमा समाबेश छ ।

सिन्धुलीको कमलामाईमा पशुलाई पनि सुत्केरी भत्ता वितरण गरिएको छ । कमलामाई नगरपालिकाले चालू आर्थिक वर्षदेखि हाल सम्ममा ५ सय ५० सुत्केरी पशुलाई भत्ता वितरण गरेको हो ।

त्यस्तै विश्व समुदायको टाउको दुखाइको विषय भनेको कोरोना भाइरसको एउटा रिपोर्ट पनि बुलेटिनमा समाबेश गरेका छौं ।
यो भाइरसबाट बुधवारसम्ममा विश्वभरमा ३ हजार २ सय जनाको मृत्यु भइसकेको छ । तर यो भाइरसको संक्रमण बालबालिकामा भने न्युन रहेको चिकित्सकहरुले बताएका छन् ।

त्यस्तै मंगलबार मात्रै अर्थमन्त्री पदबाट राजीनामा दिएका डा युवराज खतिवडा बुधबार पुनम अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री ओलीले उनलाई किन काखी च्यापेका छन् त ? यस सम्बन्धी एउटा रिपोर्ट पनि बुलेटिनमा समेटेका छौं ।

त्यस्तै गरि प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । यो सहित प्रधानमन्त्री ओलीको शरीरमा ४ मिगौंला रहेको शल्यक्रियाको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीले बताएका छन् । यस सम्बन्धी रिपोर्ट पनि आजको बुलेटिनमा समाबेश छ ।

 

प्रस्तुत छ, आजको केन्द्रबिन्दु टप ५ बुलेटिन 

 

Logo