इरानमा २३ जना सांसदमा कोरोना, ५४ हजार कैैदी रिहा

इरानमा २३ जना सांसदमा कोरोना, ५४ हजार कैैदी रिहा


इरान ।

विश्वव्यापी रुपमा त्रास फैलाएको कोरोना भाइरस चीनपछि सवैभन्दा बढी प्रभावित बनेको इरानले ५४ हजार कैैदीलाई अस्थायी रुपमा रिहा गरेको छ । इरानमा यसबाट हालसम्म ७७ जनाको ज्यान गइसकेको छ ।

कोरोनाको संक्रमण महामारीका रुपमा फैलिएपछि इरानले ५४ हजार बढी कैदीलाई अस्थायी रूपमा रिहा गरेको हो ।

यस्तै इरानमा २३ जना सांसदमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको उपसभामुख एब्डोलरेजा मेस्रीले बताएका छन् । त्यहाँ संसदमा २९० सदस्यहरु छन् । उनीहरु आफ्ना निर्वाचन क्षेत्रसँग बढी सम्पर्कमा रहेका कारण संक्रमित भएको हुन सक्ने बिबिसीले उल्लेख गरेको छ ।

अहिलेसम्म इरानमा ७७ जनाको मृत्यु भएको र २ हजार ३ सय ३६ जनामा संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भाइरसको संक्रमणबाट बच्न इरानी सरकारले भीडभाडमा नजान र सरसफाइमा ध्यान दिन नागरिकलाई आग्रह गरेको छ र यसका लागि ३ लाख सैनिक परिचालन गर्ने तयारी गरेको छ ।

Logo