सफल हुन कस्तो साथीको संगत गर्ने ?

सफल हुन कस्तो साथीको संगत गर्ने ?


काठमाडौं

हामी सबैले सुनेकै कुरा हो,“एउटा कुहिएको आलुले बोराभरीको सबै आलुलाई सडाउँछ ।” समुहमा एउटा साथी खराब भयो भने समुहभरीको सबै साथीहरुमा उसको खराब आचरणको असर पर्न जान्छ ।

एउटा चुरोटको लत लागेको साथीले आफ्नो साथीलाई पनि चुरोट पिउन सिकाउँछ भने एउटा पढन्ते साथीको संगतले आफू पनि पढन्ते भइन्छ । समग्रमा जसको वा जस्ताको संगत गरियो आफू पनि त्यस्तै भइन्छ । जीवनमा साथीको पनि परिवार जत्तिकै भूमिका हुन्छ । हरेक व्यक्ति आफ्नो जीवनमा सफलताको शिखर चुम्न चाहन्छ । जसका लागि सबैभन्दा पहिले असल संगतमा रहन सिक्नुपर्छ, अर्को कुरा आफ्ना लागि को शत्रु र को मित्र भन्ने कुरा थाहा पाउनुपर्छ । सधैँ सत्यको बाटोमा हिड्नुपर्छ ।

खराबको संगतको प्रभाव

खराब संगतले तपाईंको मन र मस्तिष्कमा खराब विचारहरूको प्रभाव पर्छ । यस्तो अवस्थामा सकारात्मकता वा सुखद भविष्यको कामना गर्नु व्यर्थ हुन्छ ।

तपाईं असल गुणहरुले भरिपूर्ण हुनुहुन्छ तर संगत खराब छ भने तपाईंको जीवन बर्बाद हुन सक्छ । तपाईं साह्रै खराब हुनुहुन्छ तर संगत असल छ र तपाईं उनीहरूको कुरा सुन्नु पनि हुन्छ भने तपाईंको जीवन सुखमय एवं आनन्दले भरिपूर्ण हुन्छ ।

महाभारतका दुर्योधन यसका उदाहरण हुन् । उनी असल हुँदा उनको नाम नै सुयोधन थियो तर पछि मामा शकुनीको संगत एवं प्रभावका कारण उनी दुर्योधन भनेर चिनिन पुगे । कस्ताको संगत कसरी गर्ने त ?

असल मित्र पहिचान गर्नुहोस्

आफ्नो कमजोरी प्रष्ट रुपमा नभनिदिने र सधैं चिल्लो कुरा गर्ने मित्रबाट टाढा रहनुपर्छ । संगत गर्दा शत्रु र मित्रको पहिचान गर्न सक्नुपर्छ, सिक्नुपर्छ ।असल सल्लाह दिने र साँचो बोल्ने मान्छे कहिल्यै खराब हुँदैन । महाभारतका शल्य एवं युयुत्सु यसका उदाहरण हुन् ।

यस्ता साथीलाई विश्वास गर्नुहोस्

१.सत्यवादी
जीवनमा त्यो व्यक्ति मात्रै सफल हुन्छ, जो सदैब ईश्वर, धर्म र सत्यको पक्षमा हुन्छ । यसकारण कहिल्यै पनि सत्यको साथ छाड्नु हुँदैन । त्यसैले सधैँ सत्य बोल्ने साथीको संगत गर्नुहोस् । यदी तपाईंलाई आफ्नो साथीको बानीबेहोरा चित्त बुझिराखेको छैन र उक्त बानीले तपाईंलाई हानी पु¥याइराखेको छ भने प्रष्ट रुपमा आफनो मनको कुरा भनिदिनुहोस् । उसले परिवर्तन गर्न नमानेको खण्डमा साथीलाई नै छाड्न समेत हिच्किचाउनु हुँदैन ।

२.इमान्दार र निःस्वार्थी
इमान्दार मानिस ईश्वरको सर्वोत्कृष्ट कृति हो । इमानदार मान्छेले कहिल्यै कसैलाई छलघात गर्दैन । इमानदार तथा विनास्वार्थ साथ दिने साथीले जीवनलाई सम्पूर्णतामा बदल्न सक्छ । जसलाई हितैषी, सत्यवादी, आपतविपतमा साथ दिने, गलत बाटोमा जानबाट रोक्ने मित्रको साथ मिल्छ त्यस्ताको जीवन सुखी हुन्छ । अनि उसैको जीवन सफल पनि हुन्छ ।

Logo