‘पार्टीले सिफारिस गर्न सक्छ, निर्देशन दिने होइन’– डा.भट्टराई

‘पार्टीले सिफारिस गर्न सक्छ, निर्देशन दिने होइन’– डा.भट्टराई


काठमाडौं ।

पार्टीले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरे पनि निर्देशन दिन नमिल्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले बताएका छन् ।

शुक्रबार रिर्पोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सदस्य मनोनयनका सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरे अनुसार राष्ट्रपतिले अन्तिम टुंगो लगाउने उनको भनाइ छ ।

‘सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने विषयमा पार्टीले सरकारलाई सुझाव मात्रै दिन सक्छ’– उनले भने–‘मनोनयनको विषयमा पार्टीको निर्णय भन्ने हुँदैन् । पार्टीले दिएको सुझावलाई सरकारले कसरी लिन्छ भन्ने हो मान्नै पर्छ भन्ने छैन् ।’

गत बुधबार नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् । यही फागुन २० गते देखि १९ राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ ।

गत माघ ९ गते भएको निर्वाचनमा १८ जना सदस्य निर्वाचित भएर आएका छन् । बाँकी एक सदस्य गौतम वा खतिवडा कस्लाई बनाउने विषयमा नेकपाभित्र विवाद बढ्दै गएको छ ।

Logo