विद्यार्थीहरुले कक्षाकोठाभित्र पठनपाठन गर्ने क्रममा सिकेका प्रयोगात्मक शिक्षाहरु आफ्ना अभिभावक, शिक्षक र अन्य विद्यालयका समकक्षी साथीहरुमाझ प्रदर्शन गराउने उदेश्यसहित उक्त एक्स्पो आयोजना गरिएको थियो । "/>

कागेश्वरीको अक्षरा स्कुलमा ‘दोस्रो अक्षरा एक्स्पो’ सम्पन्न (भिडियोसहित)

कागेश्वरीको अक्षरा स्कुलमा ‘दोस्रो अक्षरा एक्स्पो’ सम्पन्न (भिडियोसहित)


काठमाडौं ।

कागेश्वरी मनोहरामा अवस्थित अक्षरा स्कुलले आयोजना गरेको एकदिने ‘दोस्रो अक्षरा एक्स्पो’ सफलतापूर्वक सम्पन्न भएको छ ।

विद्यार्थीहरुले कक्षाकोठाभित्र पठनपाठन गर्ने क्रममा सिकेका प्रयोगात्मक शिक्षाहरु आफ्ना अभिभावक, शिक्षक र अन्य विद्यालयका समकक्षी साथीहरुमाझ प्रदर्शन गराउने उदेश्यसहित उक्त एक्स्पो आयोजना गरिएको थियो । एक्स्पोमा उपत्यकाका विभिन्न १६ वटा विद्यालयका उत्साहजनक सहभागिता रहेको थियो ।

अक्षराका विद्यार्थीहरुले आफ्नो क्षमता र रुचि अनुसार नेपाली, अंग्रेजी, गणित, सामाजिक, प्राविधिक शिक्षामा आधारित रहेर जम्मा ५५ वटा स्टलमा विभिन्न खेलहरु मार्फत आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए ।

अक्षराले आफ्नो स्थापनाकालदेखि नै विद्यार्थीहरुको सर्वाङ्गिण बिकासका लागि पढाइका साथसाथै विभिन्न प्रयोगात्मक कार्यक्रमको आयोजना गर्दै आएको छ । यस विद्यालयका सम्पूर्ण शिक्षकशिक्षिका पनि परम्परागत रुपमा नभई आधुनिक शैलीबाट विद्यार्थीहरुलाई पठनपाठन गराईनुपर्छ भन्ने धारणा राख्छन् । त्यसैको प्रत्यक्ष उदाहरण अक्षराका विद्यार्थीहरुमा देखिएको आत्मविश्वास, नेतृत्व शक्ति, प्रतिभा, संचार कौशल हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

 

Logo