शनिवार: के खाने, के नखाने ? (टिप्स)

शनिवार: के खाने, के नखाने ? (टिप्स)


आज शनिवार ।

शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ ।  कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

शनिदेवलाई खुसी राख्न चाहने व्यक्तिले शनिवारको दिन भोजन गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ । सादा दूध र दही शनि देवताले मन पराउँदैनन् । यदि तपाईं शनिवारको दिन दूध अथवा दही सेवन गर्न चाहनुहुन्छ भने त्यसमा हल्दी अथवा अलिकति गुड मिलाउन नभुल्नुहोस् ।
त्यस्तै तपाई दैनिक आँपको अचार खानुहुन्छ भने शनिवारको दिन त्यसलाई टाढै राख्नुहोस् । शनिको प्रकोपबाट बच्न चाहनुहुन्छ भने शनिवारको दिन आँपको अचार नखानुहोस् । आँपको सेवन शनिदेवलाई मन पर्दैन ।
शनिवारको दिन चना, मास र मुङको दाल खान सक्नुहुन्छ । तर मुसुरोको दाल खानबाट बच्नुहोस् । मुसुरोको दाल मंगलबाट प्रभावित हुन्छ । जो शनिको क्रुर नजरलाई बढाउन मद्दत गर्छ ।

शनिवारको दिन रातो खुर्सानी पनि नखानुहोस् । रातो खुर्सानी खाँदा शनिदेव रिसाउँछन् ।

Logo