भारतमा बन्धक दुई नेपाली चेलीको उद्धार

भारतमा बन्धक दुई नेपाली चेलीको उद्धार


नवलपरासी।

पसलमा काम लगाईदिने प्रलोभनमा पारेर भारतमा लगि कोठामा बन्धक बनाई राखिएका दुई चेलीको नवलपरासी प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको पहलमा सीमा सुरक्षा चौकी महेशपुरबाट खटिएको टोलीले भारतीय प्रहरीको सहयोगमा भारत महाराजगंज कटरीरोड काम्ता बजारबाट दुई नेपाली चेलीको बुधबार राती उद्धार गरेको हो ।

यस सम्वन्धमा पीडित चेलीहरुका आमाले आफ्नी छोरीलाई विगत ६ महिनादेखि घर आउन नदिई शारीरिक, मानसिक र आर्थिक यातना दिई आर्केस्टामा नाच्न लगाई बन्धक बनाई राखेको भनी प्रहरीमा दिएको मौखिक उजुरीका आधारमा चेलीहरुको उद्धार गरिएको थियो ।

प्रहरीले परिवर्तित नाम पिसी र सिसीलाई भारतबाट सकुशल उद्धार गरी नेपाल ल्याएर आफन्तको जिम्मा लगाई थप अनुसन्धान जारी राखेको जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Logo