जनयुद्ध दिवसमा प्रचण्डले खुलाए ३ रहस्य (भिडियोसहित)

जनयुद्ध दिवसमा प्रचण्डले खुलाए ३ रहस्य (भिडियोसहित)


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको बताएका छन् । शान्ति प्रक्रियामा आउने भनेर सही समयमा, सही निर्णय गरिएको उनले बताए ।

पेरु, श्रीलंका, भारत लगायत देशका माओवादी आन्दोलनले गम्भीर धक्का खाएको चर्चा गर्दै तत्कालिन समयमा माओवादीले पनि सहि समयमा सहि निर्णय लिएको बताएका हुन् ।

अध्यक्ष दाहालले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने पनि बताएका छन् । ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित श्रद्धाञ्जलिसभा’ मा दाहालले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भएकाले अब जनयुद्धको नक्कल हुन नसक्ने स्पष्ट पारेका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Logo