स्कुटी दुर्घटनामा अभिनेत्री महिमा सिलवालकाे निधन

स्कुटी दुर्घटनामा अभिनेत्री महिमा सिलवालकाे निधन


काठमाडौं । स्कुटर दुर्घटनामा परि नेपाली सिनेमाकी अभिनेत्री महिमा सिलवालको निधन भएको छ। काठमाडौंबाट चितवन जानेक्रममा महिमाले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख १३५ नम्बरको बससँग ठक्कर खाँदा उनको निधन भएको हो।

घटना बुधबार साँझ ५ बजेर ४५ मिनेटमा गजुरी गाउँपालिका, वडा नम्बर २ चाम्बासमा दुर्घटना भएकाे हाे ।  महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा निधन भएको हो भने उनकी बहिनी शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा निधन भएको हो।

‘कारवाही’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री महिमाले चियर्स,अप्रिल फुल, दानव, जिग्लो आदि सिनेमामा अभिनय गरेकी छिन्।

 

Logo