“संवैधानिक आयोगले सरकारको छाया बनेर काम नगरोस्”

“संवैधानिक आयोगले सरकारको छाया बनेर काम नगरोस्”


काठमाडौं ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियारको निर्णय विरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसद्वारा अवरुद्ध हुँदै आएको संसदको बैठक आजदेखि संचालन भएको छ ।

यसअघि कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध राखेर आफ्ना नेतामाथि मुद्दा दायर गरेको भन्दै प्रतिनिधि सभाको बैठक तीन पटक अवरोध गरेको थियो । प्रतिनिधि सभाको मंगलबारको बैठक सुरु हुने वित्तिकै कांग्रेसकी सचेतक पुष्पा भुषालले संसदीय दलको निर्णय बमोजिम कांग्रेसले गर्दै आएको सदन अवरोध स्थगित गरिएको बताइन् ।

संवैधानिक आयोगले सरकारको छायाँ बनेर काम गर्नु हुँदैन भन्ने सन्देश कांग्रेसले संसदमार्फत सम्बन्धित आयोगसम्म पु¥याएको भुषालले जिकिर गरिन् । उनले राजनीतिक प्रभावमा परेर संविधानवाद विपरित काम गर्ने संवैधानिक आयोगहरुको काम कारबाहीलाई कांग्रेसले नजिकबाट नियालिरहेको बताइन् ।

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर आरोप पत्र दायर गरेको दाबी गर्दै भुषालले प्रधानमन्त्री कार्यालयको गुरुयोजना बनाउने निर्देशन बमोजिम तात्कालिन भौतिक योजना तथा निर्माण मन्त्री विजय कुमार गच्छदारले मन्त्रीपरिषदमा प्रस्ताव लगेको दोहो¥याइन् । सचेतक भुषालले कसैलाई जग्गा फिर्ता गरेकै आधारमा मुद्दा दायर नगर्नु र कसैलाई प्रधानमन्त्रीको निर्देशनमा प्रस्ताव लगेको आधारमा मुद्दा दायर गर्नु अख्तियारको पूर्वाग्रही ब्यवहार भएको टिप्पणी गरिन् । अख्तियारको निर्णयलाई संचारमन्त्रीले उपलब्धि भनेर दावी गर्नुले पनि यसमा सरकारको प्रभाव रहेको पुष्टि हुने भुषालको तर्क छ ।

Logo