अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा

अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा


काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा सोमबार साँझ लागेको आगो एकघण्टा पछि नियन्त्रणमा आएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको हो ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा रहेको विश्राममा रहेको कफी सपमा आगलागी भएको र दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । सबै यात्रु सकुशल रहेको पनि उनले बताए ।

आगलागीका कारण विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सेवा भने एक घण्टासम्म बन्द गरिएको थियो। नियमक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, विमानस्थलस्थित सुरक्षाका अधिकारीसँग छलफल गरेर विमानस्थल सञ्चालन गरिएको महाप्रबन्धक केसीको भनाइ छ । विद्युत् सट भएर आगलागी भएको बताइए पनि कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन ।
रासस

Logo