हवाईजहाजसँग विवाह !

हवाईजहाजसँग विवाह !


बर्लिन ।

मानिस वा कुनै जीवजन्तु अर्थात् सजीव वस्तुसँग कुनै व्यक्तिको प्रेम हुनु सामान्य कुरा हो, तर निर्जीव वस्तुसँग पनि कसैको प्रेम हुनु विलकुल अचम्मको कुरा हो ।

तर, जर्मनीको राजधानी बर्लिनमा केही यस्तै घटना भएको छ । ३० वर्षीय एक महिलाको ६ वर्ष पहिलेदेखि बोइङ ७३७–८०० विमानसँग प्रेम भयो र उनी आगामी महिना अर्थात् मार्चमा यो जहाजसँग विवाह गर्दैछिन् । यो अचम्मको विवाह नेदरल्यान्डको राजधानी एम्स्टर्डमा हुनेछ ।

केटीको नाम मिशेल कोबके हो । मिडिया रिपोर्टका अनुसार मिशेलले पहिलो पटक यो बोइङ विमानलाई २०१४ को मार्चमा टेगल एयरपोर्टमा देखेकी थिइन र पहिलो हेराइमै उनलाई यो विमानसँग प्रेम भएको थियो । उनलाई हवाईजहाजको पंखा, विङलेट र थ्रस्टर्स धेरै राम्रो लाग्थ्यो ।

मिशेल हवाईजहाजलाई मायाले सात्स भन्ने गरेकी छिन् । जर्मन भाषामा सात्सको अर्थ प्रिय हुन्छ । उनले सात्सलाई आफ्नो पहिलो प्रेम भएको बताएकी छिन् । यद्यपि उनी २०११ मा एक व्यक्तिसँगको रिलेसनसिपमा रहँदै आएकी थिइन्, तर उक्त सम्बन्ध लामो समयसम्म टिक्न सकेन ।

मिशेल पेसाले एक सेल्स वुमन हुन् । उनी धेरैजसो आफ्नो प्रेम अर्थात् विमान हेर्नका लागि एयरपोर्ट जाने गरेकी छिन् । उनले विमानको एक मोडल पनि किनेकी छिन् र उनी सधैं यसलाई आफूसँगै राख्ने गर्छिन् । मिशेलको यो अचम्मको प्रेमका बारेमा उनको परिवारलाई पनि थाहा छ र उनीहरूलाई यसबाट कुनै समस्या छैन । एजेन्सी

Logo