#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31935752978061743435223523339
नेपाल678044361741449954

सप्तरीमा चिसोबाट मृत्यु हुने २४, जिल्ला प्रशासन कार्यालय भन्छ १२ जना मात्र मरे

राजविराज, २८ पुस

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवामा अत्यधिक चिसोबाट थप एक महिलाको आज मृत्यु भएको छ । 

स्थानीयवासी ६५ वर्षीया शान्तिदेवी यादवको अत्यधिक चिसाको कारण घरमै सुतेको अवस्थामा कठ्यांग्रिएर मृत्यु भएको इलाका प्रहरीका कार्यालय भारदहले जनाएको छ । 

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यससँगै सप्तरीमा चिसोबाट मृत्यु हुने २४ पुगेका छन् । जिल्ला प्रशासन कार्यालयले भने हालसम्म मृत्यु हुने १२ जना मात्र पुष्टि गरेको छ । 

टिपर र बस जुध्दा १६ घाइते 

पूर्वपश्चिम राजमार्गअन्तर्गतसुरुङ्गा नगरपालिका–४ स्थित कदमहामा आज बिहान १० बजे टिपर र बस ठोक्किँदा १६ जना घाइते भएका छन् । सिन्धुलीबाट काँकडभिटातर्फ जाँदै गरेको मे १ ख १९९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ५८१८ नंको टिपर बाक्लो हुस्सुका कारण ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । 

घाइते सबैलाई लहानस्थित सप्तऋषि अस्पताल लहानमा उपचारका लागि पठाइएको र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

सम्बन्धित समाचारहरु