शिक्षण अस्पतालमा चौथो पटक कलेजो प्रत्यारोपण

शिक्षण अस्पतालमा चौथो पटक कलेजो प्रत्यारोपण


काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चौथो पटक कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त भएको छ।

शुक्रबार साझ काठमाडौंकै ५७ वर्षीय पुरुष बिरामीलाई उनकी २७ वर्षीय छोरीले दिएको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।

कलेजो प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ।

शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. रमेशसिंह भण्डारीको टोलिले ९ घण्टा लगाएर सो प्रत्यारोपण गरेको हो । भण्डारीका अनुसार अस्पतालमा यो प्रत्यारोपण चौथो पटक सफलतापूर्वक सम्पन्न भएको हो।

Logo