ट्रम्पले पाए महाभियोग प्रक्रियाबाट सफाइदेखि नायिका स्वेताले क्यान्सर अस्पताल बनाउनेसम्म (भिडियोसहित)

ट्रम्पले पाए महाभियोग प्रक्रियाबाट सफाइदेखि नायिका स्वेताले क्यान्सर अस्पताल बनाउनेसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचार मध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोग प्रक्रियाबाट सफाइ पाएका छन् । माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्ने गरी उन्मुक्ति पाएका हुन् ।
विगत केही समयदेखि कलाकारिताबाट ओझेल परेकी नायिका श्वेता खड्का पछिल्लो समय व्यवसाय र समाजसेवामा सक्रिय छिन् । यसपाली आफ्नै बर्थडेको अवसरमा उनले नयाँ रेस्टुरेन्टको उद्घाटन गर्दै क्यान्सरबाट पीडित बिरामीलाई सहयोग मात्र गरिनन्, क्यान्सर अस्पतालको बिस्तार गर्ने महत्वकांक्षी योजना पनि सुनाइन् ।
कर्मचारीले गरेका गल्तीका कारण सर्वसाधारणले भोग्नुपरेको दु:खका धेरै उदाहरणहरु हामीले देख्दै र सुन्दै आएका छौ । यही क्रममा नागरिकतामा जन्म मिति उल्लेख गर्ने ठाऊँमा त्रुटी गरेका कारण ८७ वर्षिय रामबहादुर आलेले निकै सास्ती खेपिरहनु परेको छ ।

अदालतको निर्णय सरकारले कार्यान्वय गर्ने वताएका छन् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले । उनले बालुवाटार जग्गा प्रकरण तर्फ संकेत गर्दै कसैप्रति विभेद नगरिने दावी समेत गरेका छन् ।

बालुवाटार जग्गा प्रकरणमा आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेपछि नेपाली कांग्रेस आक्रामक बनेको छ । केहीलाई उन्मुक्ति दिएको तर गच्छदारलाई फसाएको भन्दै उसले आजको संसद अवरुद्ध गरेर आन्दोलन गर्ने संकेत समेत गरेको छ ।

Logo