अर्किड कपमा ३६ टिम सहभागी

अर्किड कपमा ३६ टिम सहभागी


काठमाडौं । अर्किड स्कुलको आयोजनामा पाँचौं अर्किड कप अन्तरविद्यालय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा ३६ छात्र टिमको सहभागिता रहने अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पहिलो हुने टिमले २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउने अर्किडका प्रिन्सिपल चोलिन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सेभेन ए साइड नकआउट प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुने छ । गत संस्करणको उपाधि श्रमशील विद्यापीठले जितेको थियो । सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष भुजेलले जानकारी गराए ।

Logo